मासिक ७५० रुपैयाँमै वर्ल्डलिंकको २०० एमबीपीएस इन्टरनेट

  • २०८१ श्रावण १५, मंगलबार (१ महिना अघि)
  • २१४ पटक पढिएको
मासिक ७५० रुपैयाँमै वर्ल्डलिंकको २०० एमबीपीएस इन्टरनेट

एकैपल्ट दुई वर्षको पैसा तिर्दा वर्ल्डलिंक कम्युनिकेसन्सको २०० एमबीपीएस गतिको इन्टरनेट मासिक ७५० रुपैयाँमै पाउने भएको छ । कम्पनीले ल्याएको ‘दुईमा चार अफर’ अन्तर्गत नयाँ तथा पुराना सबै प्रकारका ग्राहकले यस्तो सुविधा पाउने भएका हुन् ।

Advertisement

यो अफरमा सहभागी ग्राहकले इन्टरनेटको नियमित प्याकेजमा २९ प्रतिशत छुट पाउँछन् । नोकिया डुअल ब्यान्ड राउटर, दुई ओटा नोकिया बिकन १.१ र नेटटिभी एन्ड्रोइड सेट–टप बक्स पनि सित्तैमा पाउने छन् । यसका लागि ग्राहकले दुई वर्षको २०० एमबीपीएस इन्टरनेटका लागि १७ हजार ९९० रुपैयाँ (भ्याट बाहेक) तिरे पुग्छ । जसको मासिक शुल्क ७५० रुपैयाँ हुन आउँछ । सम्पूर्ण डभाइसहरूको डिपोजिट भने छुट्टै तिर्नुपर्नेछ ।

यसैगरी २५० एमबीपीएस र ३०० एमबीपीएस गतिको इन्टरनेटका लागि समेत कम्पनीले २४ महिने प्याकेज तयार पारेको छ । जसको मुल्य क्रमशः १९ हजार ४९० रुपैयाँ र २२ हजार २९० रुपैयाँ राखिएको छ । यस अन्तर्गत २५० एमबीपीएस इन्टरनेटको मासिक शुल्क ८१२ रुपैयाँ र ३०० एमबीपीएस इन्टरनेटको मासिक शुल्क ९२८ रुपैयाँ हुन आउँछ । २००, २५० र ३०० एमबीपीएस गतिका प्याकेजहरू तीन महिना, छ महिना वा १२ महिनामध्ये आफ्नो अनुकूलतामा लिन सकिने विकल्प यथावत् नै छन् । जसअनुसार २०० एमबीपीएसको इन्टरनेटको मुल्य तीन महिनाका लागि ३,३०० रुपैयाँ, छ महिनाका लागि ६,४०० रुपैयाँ र १२ महिनाका लागि १२ हजार ६०० रुपैयाँ पर्छ ।

त्यस्तै, २५० एमबीपीएसको तीन महिने प्याकेजको मूल्य ३,६०० रुपैयाँ, छ महिने प्याकेजको सात हजार रुपैयाँ र वार्षिक प्याकेजको १३ हजार ८०० रुपैयाँ रहेको छ । ३०० एमबीपीएसका लागि भने तीन महिनाका लागि चार हजार ५० रुपैयाँ, छ महिनाका लागि सात हजार ९०० रुपैयाँ र एक वर्षका लागि १५ हजार ६०० रुपैयाँ शुल्क कायम गरिएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट