काठमाडौं– नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै चर्च ब्वाइज युनाइटेड आहारारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।
चर्च ब्वाइजलाई सेमिफाइनलमा पु¥याउन खेलको एक मात्र निर्णायक गोल समिर तामाङले गरे ।
पुलिसका गोलकिपर शत्रुघन चौधरी र डिफेण्डर दिपेन्द्र बिकबीच तालमेल नमिल्दा पुलिसले आफ्नै गल्तीमा गोल खाएको थियो ।
चर्च ब्वाइजले फाइनल प्रवेशका लागि बिहीबार त्रिभुवन आर्मी एफसीसँग खेल्ने छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप