क्यानले तोक्यो खेलाडीहरुको मासिक तलब, कप्तान रोहितसहित ६ क्रिकेटरले मासिक १ लाख पाउने

  • २०८० फागुन १४, सोमबार (१ साल अघि)
  • ४०१ पटक पढिएको
क्यानले तोक्यो खेलाडीहरुको मासिक तलब, कप्तान रोहितसहित ६ क्रिकेटरले मासिक १ लाख पाउने

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका शीर्ष ग्रेडका खेलाडीहरुलाई मासिक एक लाख रुपैयाँ दिने भएको छ ।

Advertisement

शनिबार र सोमबार बसेको क्यान कार्यसमिति बैठकले खेलाडीहरुलाई नयाँ वर्गीकरण गर्दै तलब पनि बढाउने निर्णय गरेको हो ।

ग्रेड ‘ए’मा कप्तान रोहितकुमार पौडेलसँगै सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल परेका छन् । यस्तै ग्रेड ‘बी’मा कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललित नारायण राजवंशी, आरिफ सेख र अविनास बोहरा छन् ।

विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिस जीसी ग्रेड ‘सी’मा परेका छन् । यस्तै ग्रेड ‘डी’ मा पवन सर्राफ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ रहेका छन् ।

यस्तै क्यानले इमर्जिङ क्याटोगरी पनि राखेको छ । इमर्जिङ क्याटोगरीमा कोशीका दिपेश कँडेल, मधेशका रुपेश सिंह, बागमतीका रिजन ढकाल, गण्डकीका बिपिन खत्री, लुम्बिनीका देव खनाल, कर्णालीका अर्जुन घर्ती र सूदुरपश्चिमका हेमन्त धामी परेका छन् ।

ग्रेड एमा परेका खेलाडीहरुले मासिक एक लाख रुपैयाँ पाउने छन् । यस्तै ग्रेड बीलाई ७० हजार, ग्रेड सीलाई ५५ हजार, डीलाई ३५ हजार र इमिर्जिङ क्याटगोरीका खेलाडीहरुलाई मासिक २५ हजार तलब दिइने क्यानले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट