नामिबियाले नेपाललाई दियो २ सय ७ रनको लक्ष्य

  • २०८० फागुन १५, मंगलबार (८ महिना अघि)
  • २५५ पटक पढिएको
नामिबियाले नेपाललाई दियो २ सय ७ रनको लक्ष्य

काठमाडौं– नामिबियाले नेपाललाई २०७ रनको लक्ष्य दिएको छ । त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै नामिबियाले २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको हो ।

Advertisement

नामिबियाका लागि जान निकोलले १०१ रनको शतकीय पारी खेलेका थिए । उनले ३३ बलमा शतक बनाउदै टी–२० मा कम बलमा शतक बनाउने नयाँ रेकर्ड बनाएका छन् । यस अघि नेपालका कुशल मल्लले ३४ बलमा बनाएको शतक टी–२० को रेकर्ड थियो ।

त्यस्तै मलान क्रुगेरले ५९ ,माइकल भान लिंगेनले २० रन बनाएका थिए । नेपाली बलर रोहित पौडेलले २ विकेट लिए भने करण केसी र अविनाश बोहोराले एक÷एक विकेट लिएका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट