जोर्डनविरुद्धको फाइनल खेल गुमाउने भएपछि साम्बाको मनछुने स्टाटस

  • २०८० फागुन १७, बिहिबार (१ साल अघि)
  • ५६४ पटक पढिएको
जोर्डनविरुद्धको फाइनल खेल गुमाउने भएपछि साम्बाको मनछुने स्टाटस

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाले वाफ वुमन्स च्याम्पियनसिपको जोर्डनविरुद्धको फाइनल खेल गुमाउने भएपछि नेपाली टिमलाई शुभकामना दिदै नेपालले उपाधि जित्ने विश्वास व्यक्त गरेकी छन् ।

Advertisement

फ्रेञ्च क्लबमा आबद्ध साम्बा क्लबसँगको सम्झौताका कारण फाइनल नखेली फ्रान्सतर्फ गएकी छन् । नेपालले वाफको फाइनलमा आज राति ९:४५ बजे जोर्डनसँग खेल्दैछ ।

उनले लेखेकी छिन्,“देशको लागि खेल्नु मेरो लागि आजपनि उत्तिकै महत्त्वपूर्ण छ, जति मैले गाउँ छोडेर सहर पस्दा त्यो जर्सी लगाउने सपना साँचेको थिएँ । नेपालको जर्सी लगाएर मैदानमा बिताएको हरेक सेकेन्ड मैले आफ्नो अन्तिम खेल जसरी खेलेको छु । नेपालको प्रतिनिधित्व गर्नुभन्दा ठूलो गौरवको कुरा सायदै अरु होला ।

वाफ महिला च्याम्पियनसिपमा हामी फाइनल खेल्दैछौं, तर एक फुटबल खेलाडी भएपछि मैले आफ्नो व्यावसायिक करिअर र सम्झौतालाई पनि उत्तिकै सम्मान गर्नुपर्छ । क्लबले सधैं मेरो लागि सहज वातवरण सिर्जना गरिदिएको छ, र यसपटक पनि फिफाले तोकेको भन्दा बढी समय राष्ट्रिय टोलीमा रहने व्यवस्था मिलाएकोमा धन्यवाद भन्न चाहन्छु ।

मलाई विश्वास छ हाम्रो टोलीले फाइनलमा पनि आफ्नो लय कायम राख्दै उपाधि घर लिएर जानेछ । हामीले एक टिमको रुपमा उच्च प्रदर्शन गरेर फाइनल यात्रा तय गरेका हौं । प्रतिद्वन्द्वी कठिन भएपनि हामी पुनः एकपटक एकजुट भएर जित हासिल गर्नेछौं भन्ने विश्वास मैले राखेको छु ।

खेलाडीको रुपमा मैदानमा नभएपनि म मैदानबाहिर आफ्नो देशको समर्थनमा हुनेछु । र जसरी टिमको गोलमा मैदानभित्र खुसी साट्थें, त्यसैगरी टोलीको गोलमा खुसी मनाउन आतुर छु ।
शुभकामना टिम!
हामी सक्छौं, हामी गर्छौं!“

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट