काठमाडौं– नेदरल्यान्ड्समाथि नेपालले शानदार जित निकालेको छ । कीर्तिपुर मैदानमा १ सय २१ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । यस्तै गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रन जोडे ।
टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै १० विकेट गुमाएर १२० रन बनाएको थियो ।
नेदरल्यान्ड्सका लागि म्याक्स ओडाउडले सर्बाधिक ३१ रन बनाए । टिम भान डर गुगटेन र रोलेफ भान डर मर्वेले २३÷२३ र स्कट एडवार्ड्सले १८ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।
यो जितसँगै नेपालको फाइनल खेल्ने सम्भावना बलियो बनेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप