काठमाडौं– नेपालले अर्को साता हङकङमा गएर फ्रेन्डसीप कप र टी–२० आई त्रिकोणात्मक सिरिज खेल्ने भएको छ ।
नेपाल र हङकङबीच फागुन २६ (९ मार्च) मा फ्रेन्डसीप कपको खेल हुनेछ । दुई देशबीचको सम्बन्धको कारण उक्त टी–२० आई खेल हुने हङकङ क्रिकेट बोर्डले जनाएको छ ।
नेपाल, हङकङ र पपुवा न्युगिनीबीच त्रिकोणात्मक टी–२० आई सिरिज हुनेछ । यसअघि नेपाल, ओमान, युएई र हङकङबीच चार देश सम्मिलित टी–२० आई सिरिज हुने भनेपनि नहुने भएको छ ।
त्रिकोणात्मक सिरिजमा फागुन २७ (१० मार्च) मा नेपाल र हङकङबीच खेल हुनेछ । फागुन २९ (१२ मार्च) मा नेपालले पवुवा न्युगिनीसँग खेल्नेछ । दोस्रो खेलमा सोहि दिन हङकङ र पपुवा न्युगिनीबीच दोस्रो खेल हुनेछ ।
फागुन ३० मा त्रिकोणात्मक सिरिजको फाइनलमा पुग्ने दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ । फाइनलमा नपुग्ने टोलीले हङकङ ए सँग खेल्ने तालिका हुनेछ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप