काठमाडौं– त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभरमा २ विकेट गुमाउँदै ६५ रन बनाएको थियो । त्यसपछि पानीले खेल प्रभावित बनेको थियो । ५ औं ओभरमा पनि पानीले खेल केही समय रोकिएको थियो ।
खेल रद्द भएसँगै आयोजक हङकङ र नेपालले अंक बाँडेका छन् । नेपालले अब मंगलबार पपुवा न्युगिनीसँग खेल्ने छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप