काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई खेलमा आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीविरुद्ध लगातार दोस्रो जित निकालेको छ ।
नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ए १८.३ ओभरमा १२७ रन बनाउँदा अलआउट भयो । आयरल्याण्ड वोल्भ्सका लागि स्टेफन डोहेनीले सर्बाधिक २६ रन बनाए भने मोर्गन टपिङले २१ रन बनाएका थिए ।
त्यस्तै नेपाली बलर सोमपाल कामी र कुशल मल्लले ३–३ विकेट लिएका थिए भने करण केसी, कुशल भुर्तेल र बिबेक यादवले एक एक विकेट लिएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै १९८ रन बनाएको थियो ।
नेपालका लागि गुलशन झाले सर्बाधिक ४६ रन बनाएका थिए भने कुशल मल्लले ३४, अनिल शाहले १२, कुशल भुर्तेलले २५, आसिफ सेखले ११, कप्तान रोहित पौडेलले ३३, सन्दीप जोराले २१ र बिबेक यादवले ७ रन बनाएका थिए ।
त्यसैगरी आयरल्याण्ड वोल्भ्सका म्याथ्यु फोस्टरले ३ विकेट लिए भने बेन ह्वाइटले २ तथा फ्लोन ह्याण्ड र गाभिन होयले एक एक विकेट लिएका थिए । यो जितसँगै नेपालले सिरिज २–० ले जितेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप