नेपालले बरोडालाई दियो १ सय ५७ रनको लक्ष्य

  • २०८० चैत्र २०, मंगलबार (७ महिना अघि)
  • २१२ पटक पढिएको
नेपालले बरोडालाई दियो १ सय ५७ रनको लक्ष्य

काठमाडौं– भारतमा चलिरहेको एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा नेपालले बरोडालाई १ सय ५७ रनको लक्ष्य दिएको छ ।

Advertisement

गुजरातको वापीमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनायो । नेपालका कुशल मल्लले सबैभन्दा धेरै नट आउट ४२ रन बनाए । यस्तै सन्दीप जोराले २९ रन बनाए । बलिङतर्फ बरोडका बाबा खानले २ विकेट लिए ।

टी–२० क्रिकेट शृङ्खलामा भोलि नेपाल र गुजरात तथा चैत २३ गते नेपाल र बरोडाबीच खेल हुनेछ । फाइनल खेल चैत २५ गते हुनेछ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट