काठमाडौं– भारतमा जारी एसएमएस फ्रेन्डसिप कप टी–२० त्रिकोणात्मक शृङ्खलामा नेपालले आज गुजरातसँग खेल्दैछ ।
गुजरातको वापीमा रहेको साई मेघपन मैदानमा खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । हिजोको खेलमा नेपालले भारतको बरोडालाई २७ रनले हराएको थियो ।
यसअघि गुजरातले बरोडालाई पाँच विकेटले हराएको थियो । नेपालले आफ्नो पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो । टी–२० क्रिकेट शृङ्खलामा पर्सि शुक्रवार नेपाल र बरोडाबीच खेल हुनेछ ।
फाइनल खेल आउँदो २५ गते आइतवार हुनेछ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप