काठमाडौं– भारतमा जारी एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा आज नेपाल र बरोडाबीच खेल हुँदैछ । खेल गुजरातमा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।
यसअघि नेपाल लगातार तेस्रो जित हात पार्दै एक खेलअघि नै फाइनलमा पुगिसकेको छ । अस्ति बुधवार भएको खेलमा नेपालले गुजरातलाई ८ रनले हराएको थियो ।
त्यसअघिका खेलमा नेपालले बरोडालाई २७ रनले र गुजरातलाई ८ विकेटले हराएको थियो । टी–२० क्रिकेट शृङ्खलाको फाइनल खेल पर्सि आइतवार हुनेछ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप