टी–२० विश्वकपः घरेलु टोली अमेरिकाको विजयी सुरुवात

  • २०८१ जेष्ठ २०, आईतबार (५ महिना अघि)
  • २०६ पटक पढिएको
टी–२० विश्वकपः घरेलु टोली अमेरिकाको विजयी सुरुवात

काठमाडौं– टी–२० विश्वकपको उद्घाटन खेलमा घरेलु टोली अमेरिकाले क्यानडालाई सात विकेटले हराएको छ । क्यानडाले दिएको एक सय ९५ रनको लक्ष्य अमेरिकाले १७ ओभर चार बलमा तीन विकेट गुमाएर भेट्टायो ।

Advertisement

अमेरिकाका लागि आरोन जोन्सले सर्वाधिक अविजित ९४ रन बनाए । यस्तै एन्ड्रिज गौसले ६५ रन बनाए । क्यानडाका लागि कालिम साना, डिलोन हेलिगर र निखिल दत्तले समान एक विकेट लिए ।

यसअघि डालासको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ९४ रन बनाएको थियो । क्यानडाका लागि नवनीत धालिवालले सर्वाधिक ६१ रन बनाए । यस्तै निकोलस किर्टनले ५१ र श्रेयस मोव्वाले अविजित ३२ रन बनाए । अमेरिकाका लागि अलि खान, हरमित सिंह र कोरी एन्डर्सनले समान एक विकेट लिए ।

अमेरिकाले आयोजकका रुपमा पहिलो पटक विश्वकप खेलेको हो । त्यस्तै क्यानडा पनि पहिलो पटक विश्वकपमा पुगेको हो । अमेरिका र वेस्ट इन्डिजले यो विश्वकप संयुक्त रुपमा आयोजना गरेका हुन् । केही खेल अमेरिकामा र धेरैजसो खेल वेस्ट इन्डिजमा हुनेछन् । आजको अर्को खेलमा आयोजक वेस्ट इन्डिज र पपुवा न्यूगिनी (पीएनजी) नेपाली समयअनुसार बेलुका सवा ८ बजे खेल्नेछन् ।

नेपालले दोस्रो पटक विश्वकप क्रिकेट खेल्दैछ । यसअघि सन् २०१४ मा नेपालले बंगलादेशमा भएको टि–२० विश्वकप खेलेको थियो । अहिले १० वर्षपछि विश्वकप खेल्न लागेको हो । नेपाल रहेको समूह ’डी’ मा दक्षिण अफ्रिका, श्रीलंका, नेदरल्याण्डस र बंगलादेश रहेका छन् ।
नेपालले पर्सी मंगलवार नेदरल्याण्डससँग पहिलो खेल खेल्नेछ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट