टी–२० विश्वकप क्रिकेटः नेपालले आज नेदरल्यान्डससँग खेल्दै

  • २०८१ जेष्ठ २२, मंगलबार (५ महिना अघि)
  • १८० पटक पढिएको
टी–२० विश्वकप क्रिकेटः नेपालले आज नेदरल्यान्डससँग खेल्दै

काठमाडौं– टी–२० विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । यो खेल डालासको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा नेपाली समयअनुसार राति सवा नौ बजे सुरु हुनेछ । नेपालले दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो ।

Advertisement

यसअघि सन् २०१४ मा नेपालले बङ्ग्लादेशमा भएको टी –२० विश्वकप खेलेको थियो । अहिले १० वर्षपछि विश्वकप खेल्न लागेको हो । यो

विश्वकपमा नेपालका कप्तान रोहित पौडेल कान्छा कप्तान हुन् । आज पहिलो खेलमा कप्तानी गर्दा उनको उमेर २१ वर्ष ९ महिना २ दिनको हुनेछ ।

नेपाल रहेको समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलङ्का, नेदरल्यान्डस् र बङग्लादेश रहेका छन् । यो विश्वकपमा नेपाल, आयोजक अमेरिका र वेस्ट इन्डिजसहित २० देश सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहमा पाँच टोली छन् ।
टी–२० विश्वकपको फाइनल खेल जुन २९ तारिख अर्थात् असारको १५ गते हुनेछ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट