टी–२० विश्वकप: सुपर ८ मा पुग्यो अस्ट्रेलिया

  • २०८१ जेष्ठ ३०, बुधबार (५ महिना अघि)
  • १९३ पटक पढिएको
टी–२० विश्वकप: सुपर ८ मा पुग्यो अस्ट्रेलिया

काठमाडौं– अस्ट्रेलिया जारी टी–२० विश्वकपको सुपर ८ मा पुगेको छ ।

Advertisement

समुह बी अन्तर्गतको बुधबार आज बिहान सम्पन्न खेलमा अस्ट्रेलियाले नामिबियालाई पराजित गरेसँगै विश्वकपको सुपर ८ मा पुगेको हो । नामिबियाले दिएको केवल ७३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ५.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यस अघि नामिबिया ले पहिला ब्याटिंग गर्दै १७ ओभरमा अल आउट भएर केवल ७२ रन बनाएको थियो । नामिबियाका लागि कप्तान गेर्हार्ड इरासमसले सर्बाधिक ३६ रन बनाए भने माइकल भान लिनगेनले १० रन बनाएका थिए ।

नामिबियाको ब्याटिंग धरासायी बनाउने क्रममा अस्ट्रेलियाका बलर एडम जाम्पाले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएका थिए । जाम्पाले ४ ओभरमा १२ रन दिएर ४ विकेट लिएका हुन् ।

यो जितपछि समुह बी मा अस्ट्रेलिया ३ खेलमा तिनै जित हासिल गरेर ६ अंकसहित शिर्ष स्थानमा छ र सुपर ८ मा छनोट भइसकेको छ ।
त्यस्तै नामिबियाको भने तेस्रो खेलमा यो दोस्रो हार हो । ३ खेलमा २ अंक रहेको नामिबिया सुपर ८ को दौड बाट बाहिरिएको छ ।

यस समूहबाट यसअघि ओमान पनि सुपर ८ को दौडबाट बाहिरिएको थियो । समुह बी मा स्कटल्याण्ड ३ खेलमा ५ अंकसहित दोस्रो स्थानमा छ भने इङल्याण्ड २ खेलमा एक अंक सहित चौथो स्थानमा रहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट