टी–२० विश्वकप: लगातार तेस्रो खेल जित्दै भारत पुग्यो सुपर आठमा

  • नेपाल पथ
  • २०८१ जेष्ठ ३१, बिहिबार (५ महिना अघि)
  • १७५ पटक पढिएको
टी–२० विश्वकप: लगातार तेस्रो खेल जित्दै भारत पुग्यो सुपर आठमा

काठमाडौं– आईसीसी टी–२० विश्वकपमा भारतले तेस्रो जित हासिल गरेको छ । गएराति भएको खेलमा अमेरिकालाई ७ विकेटले हराएर भारतले लगातार तेस्रो खेल जितेको हो ।

Advertisement

यसअघि  भारतले पाकिस्तान र आयरल्याण्डलाई पराजित गरेको थियो । हिजोको खेलमा अमेरिकाले दिएको १ सय ११ रनको लक्ष्य भारतले १८ ओभर २  बलमा ३ विकेटको क्षतिमा भेट्टायो ।

भारतका लागि सूर्यकुमार यादवले अविजित ५० रन बनाए  । अमेरिकाका सौरभ नेत्रभल्करले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १० रन बनाएको थियो । उसका लागि नितिश कुमारले सर्वाधिक २७ रन बनाए । भारतका अर्शदीप सिंहले ४ विकेट लिए ।

समूह ए मा ३ खेलबाट ६ अङ्क बटुल्दै भारत सुपर ८ मा प्रवेश गरेको छ । अमेरिका ४ अङ्कसहित दोस्रो स्थानमा छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट