अफगानिस्तान पहिलो पटक टी–२० विश्वकपको सेमिफाइलनमा

  • २०८१ अषाढ ११, मंगलबार (४ महिना अघि)
  • २०५ पटक पढिएको
अफगानिस्तान पहिलो पटक टी–२० विश्वकपको सेमिफाइलनमा

काठमाडौं– ऐतिहासिक जीतसहित अफगानिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । विश्वकप क्रिकेटको सुपर आठ अन्तर्गतको अन्तिम खेलमा बङ्गलादेशलाई डकवर्थ लुइस नियमका आधारमा ८ रनले हराउँदै अफगानिस्तान पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।

Advertisement

जीतका लागि १९ ओभरमा १ सय १४ रनको लक्ष्य पछ्याएको बङ्गलादेश १७ ओभर ५ बलमा १ सय ५ रन बनाउँदा अल आउट भयो । बङ्गलादेशका लिटन दासले नट आउट ५४ रन बनाए । अफगानिस्तानका कप्तान राशिद खान र नवीन उल–हकले समान ४ विकेट लिए । यस्तै फजल फरूकी र गुलबदिन नइबले समान १ विकेट लिए ।

आजको खेलमा अफगानिस्तानका कप्तान राशिदले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १ सय ५० विकेट लिने कीर्तिमान बनाएका छन् । राशिदले न्युजिल्यान्डका टिम साउदीलाई पछि पार्दै ९२ खेलमा १ सय ५२ विकेट लिएका छन् । साउदीले १ सय १७ खेलमा यो उपलब्धि हासिल गरेका थिए । साउदीले अहिलेसम्म १ सय २६ खेलमा १ सय ६४ विकेट लिएका छन् ।

यसअघि सेन्ट भिन्सेन्टमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो ।

योसँगै टी–२० विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । यसअघि भारत, इङ्गल्यान्ड र दक्षिण अफ्रिका अन्तिम चारमा पुगिसकेका छन् ।
अब अफगानिस्तानले सेमिफाइनलमा पर्सि बिहान सवा छ बजे दक्षिण अफ्रिकासँग खेल्नेछ । यस्तै त्यही दिन बेलुका सवा ८ बजे अर्काे सेमिफाइनलमा भारत र इङ्गल्यान्ड खेल्नेछन् ।

अफगानिस्तानले बङ्गलादेशलाई हराएसँगै पूर्वविजेता अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट