अर्जेन्टिनाले जित्यो कोपा अमेरिका २०२४ को उपाधि

  • २०८१ अषाढ ३१, सोमबार (१ महिना अघि)
  • १२६ पटक पढिएको
अर्जेन्टिनाले जित्यो कोपा अमेरिका २०२४ को उपाधि

काठमाडौं– अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ । दक्षिण अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिताको उपाधि जित्ने क्रममा अर्जेन्टिनाले आज अमेरिकाको मायमीस्थित हार्ड रक रंगशालामा कोलम्बियालाई १–० गोलले पराजित गरेका हुन् ।

Advertisement

निर्धारित समयको खेलमा कुनै गोल हुन नसकेपछि खेल एक्स्ट्रा समयमा धकेलिएको थियो । जसमा अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गोल गर्न सफल भए । उनले खेलको ११२औं मिनेटमा गोल गरेका थिए ।

यससँगै अर्जेन्टिनाले लगातार दोस्रो पटक कोपा अमेरिकाको उपाधि जितेको छ । सन् २०२१ मा अर्जेन्टिनाले ब्राजिललाई पराजित गरेर उपाधि जितेको थियो । अर्जेन्टिनाले समग्रमा १६औं पटक कोपाको उपाधि जित्न सफल भयो । १६औं उपाधि जितेसँगै अर्जेन्टिनाले सर्वाधिक कोपा जित्ने रेकर्ड पनि बनाएको छ । अघिल्लो पटक उपाधि जित्दा अर्जेन्टिनाले उरूग्वेको नाममा रहेको १५ उपाधिको रेकर्ड बराबरी गरेको छ ।

खेलको ६८ मिनेट हुँदा अर्जेन्टिनाका कप्तान लिओनल मेसी भने घाइते हुँदै मैदानबाट बाहिरिन बाध्य भएका थिए । चोटका कारण मैदान बाहिरिएसँगै मेसी निकै भावुक बनेका थिए । जसका कारण उनको आँखाबाट आँशु झरेको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट