गाजामा युद्धविरामका लागि वार्ता गर्न इजरायलका प्रधानमन्त्री सहमत

  • २०८० चैत्र १७, शनिबार (७ महिना अघि)
  • १९४ पटक पढिएको
गाजामा युद्धविरामका लागि वार्ता गर्न इजरायलका प्रधानमन्त्री सहमत

एजेन्सी– गाजामा युद्धविरामको लागि वार्ता गर्न इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सहमत भएका छन् ।

Advertisement

इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसीजे) ले गाजामा विना अवरोध सहायता सामग्री पुग्ने सुनिश्चित गर्न इजरायललाई आदेश दिएलगत्तै प्रधानमन्त्री नेतन्याहूले नयाँ वार्ताका लागि सहमति जनाएका हुन् ।

गाजा युद्धविराम र बन्धक रिहाइका लागि आउँदो दिनमा कतारको दोहा र इजिप्टको कायरोमा नयाँ वार्ता हुने इजरायली प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

इजरायलले गाजालाई पूर्ण रूपमा घेराबन्दीमा पारेपछि गएको अक्टोबरदेखि गाजामा आवश्यक सामग्रीको अभाव हुँदै आएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट